६ दिनअघि आफन्त भेट्न गएका बुटवलका दम्पती मृत अवस्थामा भेटिए – Nepal Press

६ दिनअघि आफन्त भेट्न गएका बुटवलका दम्पती मृत अवस्थामा भेटिए

रुपन्देही । ६ दिनअघि आफन्त भेट्न गएका बुटवलका एक दम्पती बुटवल उपमहानगरपालिका वडा नं. ७ शिव नगर सामुदायिक वनको जंगलमा मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहाुर केसीले बुटवल उपमहानगरपालिका वडा नं. ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी श्रीमती ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको बताए ।

गत वैशाख ६ गते आफन्त भेट्न भन्दै घरबाट हिँडेका उनीहरू घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दम्पतीका छोराहरू वैदेशिक रोजगारीमा रहेको र उनीहरू घरमा छोरी तथा बुहारीसँग बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर