पाँच दलबाहिर तालमेल नगर्ने गठबन्धनको निर्णय, भोलि बाँडफाँड टुंग्याउने – Nepal Press

पाँच दलबाहिर तालमेल नगर्ने गठबन्धनको निर्णय, भोलि बाँडफाँड टुंग्याउने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले पाँच दल बाहिर तालमेल नगर्ने निर्णय गरेको छ । तालमेलका विषयमा विभिन्न जिल्लामा उत्पन्न विवादका बीच गठबन्धनले सो निर्णय गरेको हो ।

आज बसेको गठबन्धनको बैठकले भोलि मनोनयनअघिसम्म बाँडफाँड मिलाउन अधिकतम कोशिष गर्ने पनि निर्णय गरेको छ । भोलि बिहान ८ बजे पाँच दलका प्रमुखहरु बसेर मिलाउन कोशिष गर्नेछन् । विगतका सहझदारीलाई सबै पक्षले इमान्दारिताका साथ पालना गर्ने सहमति भएको छ ।

सत्तारुढ गठबन्धनले केन्द्रमा आपसी तालमेलको निर्णय लिए पनि विभिन्न जिल्लामा विवाद कायम छ । चितवनमा आज माओवादी उम्मेदवार रेणु दाहाललाई चुनौति दिँदै कांग्रेस नेता जगन्नाथ पौडेले बागी उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य जिल्लाहरुमा पनि कांग्रेस कार्यकर्ता असन्तुष्ट छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर