पोखरा महानगर- मेयर परिवर्तनसँगै टुंगिए एमालेका ३३ वटै वडाध्यक्ष उम्मेदवार (सूचीसहित) – Nepal Press

पोखरा महानगर- मेयर परिवर्तनसँगै टुंगिए एमालेका ३३ वटै वडाध्यक्ष उम्मेदवार (सूचीसहित)

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयर उम्मेदवार परिवर्तन गरेसँगै ३३ वटै वडाका वडाध्यक्ष उम्मेदवारहरू पनि टुंगो लगाएको छ । मेयरमा यसअघि प्रस्तावित दिपक पौडेलको ठाउँमा प्रदेशसभा सदस्य कृष्ण थापा उम्मेदवार बनेका छन् ।

थापा पोखराका पूर्वमेयर पनि हुन् । त्यस्तै उपमेयरमा हालकै मञ्जु गुरुङलाई एमालेले निरन्तरता दिएको छ । एमालेका वडाध्यक्ष उम्मेदवारहरूको नाम टुंगो लागे पनि केही वडामा उम्मेदवारी दर्खास्तको बेलासम्म तलमाथि हुन सक्ने नेताहरूले बताएका छन् ।

३३ मध्ये ३ वटा वडामा एमालेले महिलालाई वडाध्यक्ष उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर