भारतमा हिजाबपछि बाइबल विवाद सुरु
काठमाडौं । भारतको कर्नाटकमा हिजाब विवाद पछि फेरि बाइबल विवाद सुरु भएको छ । कर्नाटकको एक स्थानीय हाइस्कुललेविद्यार्थीहरु अनिवार्य रुपमा बाइबल बोकेर आउन भने पछि हिन्दू संगठनहरुले विवाद सुरु गरेका हुन् ।
हाइस्कुलको उक्त निर्णयले शिक्षा एनको उलंघन गर्ने भन्दै हिन्दु संगठनहरुको भनाई रहेको छ । हिन्दू जनजागृति समितीका प्रवक्ता मोहन गौडाका अनुसार स्कुलले गैरइसाइ विद्यार्थीहरुलाई पनि इच्छा विपरित बाइबल पढ्न वाध्य बनाइरहेको छ ।
केही समय अगाडि कर्नाटकमै हिजाबलाई लिएर पनि ठुलै विवाद सुरु भएको थियो । कलेज प्रशासनले मुस्लिम छात्राहरुलाई कलेजमा हिजाब लगाउन बाट रोक लगाएसँगै सुरु भएको उक्त विवादमा हाइकोर्टले ७४ दिन लगाएर फैसला सुनाएको थियो यधप्पी यो मामिला अहिले सर्वोच्च अदालत सम्म पुगिसकेको छ ।