४ राउन्ड गोली र नक्कली सुन भेटिएको कोठाकी डेरावाली पक्राउ
नेपाल प्रेस
२०७९ वैशाख १२ गते १४:०६
काठमाडौं । कोटेश्वरको नरेफाँटस्थित महिनौँदेखि बन्द कोठामा नक्कली सुन र गोली भेटिएको घटनामा प्रहरीले फरार रहेकी प्रमिला तामाङलाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले तामाङले एयरपोर्टस्थित एक होटलबाट पक्राउ गरेको हो। उनी त्यहाँ आफन्तकहाँ बस्दै आएकी थिइन्।
दुई छोरीसहित प्रमिला कोठा बन्द गरेर ५ महिनाअघि भागेपछि घरबेटीले महानगरपालिका र प्रहरीको सहयोगमा केही दिन अघि ताल्चा फोरेका थिए।
कोठाभित्र नक्कली सुन र चार राउन्ड गोली भेटिएपछि प्रहरीले प्रमिलाको खोजी सुरु गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर