राप्रपाबाट मेयर-उपमेयरसहित विराटनगरका १९ वटै वडामा उम्मेदवारी दर्ता – Nepal Press

राप्रपाबाट मेयर-उपमेयरसहित विराटनगरका १९ वटै वडामा उम्मेदवारी दर्ता

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले विराटनगर महानगरमा मेयर-उपमेयरसहित १९ वटै वडाका उम्मेदवारहरूले मनोनयन दर्ता गराएको छ ।

राप्रपाबाट मेयरमा प्रल्हाद शाह र उपमेयरमा विन्दा लुईटेलसहित सबै वडा अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गरिएको हो ।

शाह राप्रपाका केन्द्रीय महामन्त्री र लुईटेल पार्टीको जिल्ला प्रवक्ता हुन् । मेयरमा उम्मेदवारी दिएका शाह २०६० सालमा तत्कालीन शाही सरकारले मेयरमा मनोनीत गरेका थिए । ६२ मा उनी राप्रपाबाट मेयरमा निर्वाचन भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर