जसले हेलिकप्टरको खर्च पनि तिरे, कुटाई पनि खाए , टिकट पनि खोसियो – Nepal Press

जसले हेलिकप्टरको खर्च पनि तिरे, कुटाई पनि खाए , टिकट पनि खोसियो

खोटाङ । नेपाली कांग्रेसबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेलको टिकट खोसिएको छ ।

कांग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गरेको पत्रसहित खोटाङ पुगेका पोखरेललाई कांग्रेसकै कार्यकर्ताहरूले आज कुटपिटसमेत गरेका थिए ।

असन्तुष्ट कार्यकर्ताहरूले पोखरेललाई लखेटेको भिडिओ सार्वजनिक समेत भएको थियो ।

यो पनि पढ्नुहोस्- उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट दिक्तेल पुगेका कांग्रेसका मेयर उम्मेदवार कार्यकर्ताबाटै कुटिए (भिडिओ)

विवाद बढेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका छन् ।

देउवाको हस्तक्षेपसँगै दिक्तेल नगरपालिकामा कांग्रेसबाट तीर्थराज भट्टराईले टिकट पाएका छन् ।

देउवाद्वारा हस्ताक्षरित पत्रसहित भट्टराईले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया

One thought on “जसले हेलिकप्टरको खर्च पनि तिरे, कुटाई पनि खाए , टिकट पनि खोसियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर