एभरेष्ट बैंकद्वारा कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र कोपिला भ्याली स्कूललाई सहयोग – Nepal Press

एभरेष्ट बैंकद्वारा कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र कोपिला भ्याली स्कूललाई सहयोग

काठमाडौं । एभरेष्ट बैंकले कोपिला भ्याली स्कुलका विद्यार्थीहरुलाई ब्याग र कर्णाली प्रदेश अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ । कर्णाली प्रदेशमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

साथै बैंकले केही महिना अगाडि लक्ष्मी पार्क बुटवलमा पार्कमा घुम्न आउने पर्यटकहरुको सुविधाका लागि निर्माण गरिएको शौचालय पनि हस्तान्तरण गरेको छ ।

एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ । भने विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कल्याणकारी कार्यमा सहयोग गर्दै आएको छ ।

हाल बैंकले आफ्ना ११५ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४९ एटीएम र आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *