भरतपुरमा विजय सुवेदीले सुरु गरे घरदैलोः ज्येष्ठ नागरिकलाई ढोग, कांग्रेससँग सौहार्दता – Nepal Press

भरतपुरमा विजय सुवेदीले सुरु गरे घरदैलोः ज्येष्ठ नागरिकलाई ढोग, कांग्रेससँग सौहार्दता

भरतपुर । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले आज भरतपुर–२१ बाट घरदैलो अभियान सुरु गरेका छन् । नेकपा (एमाले)–राप्रपाबाट महानगरको मेयरमा उम्मेदवारी दिएका सुवेदीले मंगलबारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका हुन् ।

घरदैलोका क्रममा सुवेदीले ज्येष्ठ नागरिकलाई ढोगेर आर्शीवाद लिएका छन् भने कांग्रेसीसँग सौहार्दता देखाएका छन् । ज्येष्ठ नागरिकले सुवेदीको शीरमा हात राखेर आर्शीवाद दिए । उनले मनोनयन दर्ता गर्नुअघि पनि वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।

मेयरका उम्मेदवार सुवेदीले वडा नं २० मा सम्पर्क कार्यालय पनि उद्घाटन गरेका छन् । एमालेले वडा नं २० को अध्यक्षमा देवबहादुर तमाङ र सदस्यहरुमा तुलसी परियार, मानदेव पौडेल, देउमाया घले र आकाश तामाङलाई उम्मेदवार बनाएको छ ।

तस्विरहरु : प्रतिमा सिलवाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर