विप्लवको कारबाहीबारे बास्तोला भन्छन्- हामी पनि आवश्यक निर्णय लिन्छौं – Nepal Press

विप्लवको कारबाहीबारे बास्तोला भन्छन्- हामी पनि आवश्यक निर्णय लिन्छौं

काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी औपचारिकरूपमा विभाजन हुन लागेको छ । महासचिव विप्लवले सचिवालयका दुई सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पदमुक्त गरेसँगै विभाजन हुन लागेको हो ।

विप्वलवको कारबाहीबारे नेपाल प्रेससँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिवालय सदस्य बास्तोलाले आफूहरूले पनि भर्खरै विज्ञप्ति देखेको भन्दै आवश्यक निर्णय लिन छलफल सुरू भएको बताए ।

उनले भने, ‘हामीले पनि भर्खरै विज्ञप्ति देख्यौं, अब हामीले आवश्यक निर्णय लिन्छौं । के गर्ने भन्नेबारेमा हामी छलफलमा छौं ।’

नेकपाको पछिल्लो केन्द्रीय समिति बैठकमा चुनावमा भाग लिन जाने कि नजाने भन्ने बहस भएको थियो । सचिवालयका पाँच सदस्यमध्ये बास्तोला र वली विपक्षमा थिए भने विप्लव, प्रकाण्ड र सन्तोष बुढा एकातिर थिए ।

केन्द्रीय समितिको बहुमतले चुनावमा भाग नलिने निर्णय गरेर विप्लवलाई अल्पमतमा पारेको थियो । तर, त्यसविपरित विप्लव-प्रकाण्ड पक्षले स्वतन्त्र उम्मेदवारी दिएर स्थानीय चुनावमा भाग लिएपछि मंगलबार बास्तोलाले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता नलिए कारबाही हुने बताएका थिए ।

त्यसलगत्तै विप्लवले दुवै नेतामाथि विभिन्न आरोप लगाउँदै पदमुक्त गरेका हुन् । हालैमात्र सो पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वलीले नेपाल प्रेससँगको अन्तर्वार्तामा पार्टी लगभग विभाजन भइसकेको बताएका थिए ।

यो पनि पढ्नुस्- ‘पार्टी लगभग विघटन भइसक्यो, विप्लवलाई कारबाही गरेर आफ्नो बाटो लाग्छौं’ (भिडिओ)


प्रतिक्रिया

One thought on “विप्लवको कारबाहीबारे बास्तोला भन्छन्- हामी पनि आवश्यक निर्णय लिन्छौं

  1. निर्वाचन लाई आफ्नो बिचार राख्ने अवसरको रुपमा लिने नीतिलाई गलत भन्नु कदापि सहि भन्न सकिँदैन,हत्या,हिम्सा,धम्कीको बलमा अब राजनीति चल्दैन त्यसमाथिपनी यो कम्युनिस्ट दर्शन अपुरो दर्शन हो,एक ब्याक्ती सधै यथार्थ कम्युनिस्ट हुनै सक्दैन,भ्रम हो यो ।बिप्लवको चुनाव मा जाने नीति सहि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर