भ्रष्टाचार आरोपमा आङ सान सुकी जेल चलान – Nepal Press

भ्रष्टाचार आरोपमा आङ सान सुकी जेल चलान

काठमाडौं । गत वर्षको फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरेसँगै सैन्य नियन्त्रणमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको मुद्दामा ५ वर्ष जेल सजाय सुनाइएको छ ।

अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएअनुसार सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड बराबरकाे सुन घुस लिएको आरोपमा बुधबार ५ वर्षको जेल सजाय सुनाइएको हो ।

यसअघि उनलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड १९ रोकथामका मापदण्ड उल्लंघन गरेकोलगायतका आरोपहरु लगाइएको थियो । त्यस्तै गैरकानुनी रुपमा वाकीटकी राखेको आरोपमा ४ वर्षको जेल सजाय सुनाइएको थियो ।

उनीमाथि लागेका १० वटा भ्रष्टाचार आरोपको अझै फैसला हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर