नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुग्यो
नेपाल प्रेस
२०७९ वैशाख १५ गते १५:४५
काठमाडौं । नेपालीहरुको प्रतिव्यक्ति आयमा वृद्धि भएको छ । केन्द्रीय तथ्यांक विभागका निकालेको तथ्यांक अनुसार प्रतिव्यक्ति आय १३७२ डलर पुगेको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष १३३ डलरआय वृद्धि भएको हो ।
गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १२३९ डलर रहेको थियो । भने सो आर्थिक वर्षमा १३७२ पुगेको छ ।
आर्थिक वर्ष ०७५/७६ मा ११९४ पुगेको थियो । आर्थिक वर्ष ०७६/७७ मा घटेर ११५६ मा सीमित भएको आय आर्थिक वर्ष ०७७/७८ मा बढेर १२३९ पुगेको थियो ।
विभागले अन्तर्राष्ट्रिय पद्धतिअनुसार सन् २०१०/११ अनुसार राष्ट्रिय लेखा अनुमान तयार पारेको बताएको छ ।
प्रतिक्रिया