चुनाव लागेपछि मिटु आउँछु, चरित्र हत्याको प्रयास गरिन्छ: ओली – Nepal Press

चुनाव लागेपछि मिटु आउँछु, चरित्र हत्याको प्रयास गरिन्छ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको बेला उम्मेदवारको चरित्र हत्या गर्न ‘मिटु’ अभियान ल्याउने गरिएको टिप्पणी गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मिटुको कुनै जवाफ नभएको बताए । ‘मिटु कतिबेला आउँछ भन्दा चुनाव आयोकी मिटु आउँछ । यस्ताबेलामा चरित्र हत्याका कुरा आउँछन् । मिटुको के जवाफ हुन्छ ? हामी यस्ता कुरामा होइन महान् विषयमा अगाडि बढेका छौं’, ओलीले भने ।

काठमाडौं महानगरमा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार केशव स्थापितमाथि ‘महिला हिंसा’ को आरोप लगाइएको सन्दर्भमा धारणा राख्दै ओलीले चुनावका बेला चरित्र हत्याको प्रयास गरिएको भन्दै भ्रमपूर्ण प्रचारलाई निस्तेज पार्नुपर्ने बताए ।

स्थापनाकालदेखि नै एमाले महिला अस्मिताको सबैभन्दा बढी सम्मान गर्ने पार्टीका रुपमा रहेको ओलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर