आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन, भोलि चुनाव चिह्न प्रदान – Nepal Press

आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन, भोलि चुनाव चिह्न प्रदान

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आज दिउँसोसम्म उम्मेदवारी फिर्ता लिन पाउनेछन् । फिर्ता लिने लिइसकेपछि निर्वाचन आयोगले आजै साँझ उम्मेदवारको अन्तिम अन्तिम नामावली प्रकाशन गर्नेछ ।

दाबी, विरोध, उजुरीमाथि छानबिन गरी आयोगले हिजो उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । बागी उम्मेदवारी दिनेले पनि आज उम्मेदवारी लिन पाउनेछन् ।

विभिन्न दलबाट बागी उम्मेदवारी दिनेलाई फिर्ता गराउन नेताहरु लागि परेका छन् ।

स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगले भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर