पाँच बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन, नमाने साधारण सदस्यबाटै हटाउने चेतनावी – Nepal Press

पाँच बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन, नमाने साधारण सदस्यबाटै हटाउने चेतनावी

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा पार्टी निर्णयविपरीत उम्मेदवारी दिएकालाई आज साँझ पाँच बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बागी उम्मेदवारी फिर्ता नलिए उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई समेत पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रस विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । उनले बागी उम्मेदवारी फिर्ता लिएर पार्टीका आधिकारिक उम्मेदवालाई जिताउन पनि आग्रह गरेका छन् ।

बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न सत्तागठबन्धनको बैठक पनि बस्दैछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर