इन्चार्ज कँडेलको अगुवाइमा एमाले सुर्खेतको घरदैलाे अभियान सुरु – Nepal Press

इन्चार्ज कँडेलको अगुवाइमा एमाले सुर्खेतको घरदैलाे अभियान सुरु

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य यामलाल कँडेलको अगुवाइमा सुर्खेतमा शुक्रबारदेखि घरदैलो कार्यक्रम सुरु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका ११ को गाग्रेतालबाट एमालेलाई जिताउन घरदैलो अभियान सुरु गरिएको हो ।

अभियानमा नगर प्रमुखका उम्मेदवार मोहनमाया ढकाल, उपप्रमुखका उम्मेदवार नीलकण्ठ खनाल, वडा नम्बर ११ का अध्यक्षका उम्मेदवारसहित सयौंको संख्यामा एमाले नेता कार्यकर्ताहरु सहभागी भएका छन् ।

सत्तारुढ गठबन्धन बनाउने तयारी गरिरहेको समयमा एमालेले भने घरदैलो अभियान सुरु गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर