प्रज्ञा-प्रतिष्ठानका सदस्यहरुसँग इजरायली राजदूतले गरे भेट – Nepal Press

प्रज्ञा-प्रतिष्ठानका सदस्यहरुसँग इजरायली राजदूतले गरे भेट

काठमाडौं । नेपालका लागि इजरायलका महामहिम राजदूत खनान गोडेर र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यहरूबिच शिष्टाचार भेटवार्ता भएको छ ।

गोडेरले कुलपति गङ्गाप्रसाद उप्रेती, माननीय उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायसँग प्रज्ञा–प्रतिष्ठानमा भेटेका हुन् ।

उक्त भेटमा प्रज्ञा परिषद्का सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली, डा देवी नेपालका साथै प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूको उपस्थिति रहेको थियो ।

कुलपति उप्रेतीले इजरायलको हिबु्र राइटर्स एसोसिएसन र नेपाल प्रज्ञा–प्रतिष्ठानबिच सन् २०२० को जनवरीमा समझदारी पत्रमा हस्ताक्षर भई सहकार्य प्रारम्भ भएको र बी.पी. कोइरालाको ‘हिटलर र यहुदी’ पुस्तकलाई हिब्रु राइटर्स एसोसिएसनले हिब्रु भाषामा प्रकाशन गर्ने योजनाअनुरूप अहिले नेपाली भाषाको उक्त पुस्तकलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर उपलब्ध गराउन लागिएको जानकारी दिए ।

सो अवसरमा बोल्दै राजदुत गोडेरले नेपाल र इजरायलबिच दौत्य सम्बन्ध स्थापना भएको ६२ वर्ष पूरा हुन लागेकोमा खुसी व्यक्त गर्दै प्राज्ञिक आदानप्रदानको कामसमेत अगाडि बढ्नु सुखद् भएको बताए ।
उनले नेपाल र इजरायलबिचको सम्बन्धले आगामी दिनमा पनि निरन्तरता पाउने र थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर