ट्विटर किन्ने सहमति जुटेको केही समयमै एलन मस्कले बेचे चार अर्ब डलरको सेयर – Nepal Press

ट्विटर किन्ने सहमति जुटेको केही समयमै एलन मस्कले बेचे चार अर्ब डलरको सेयर

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्विटरको स्वामित्व लिन लागेको विश्व धनाड्य व्यक्ती तथा टेस्ला कम्पनीका संस्थापक एलन मस्कले टेस्ला कम्पनीको झण्डै चार अर्ब डलर बराबरको सेयर विक्री गरेका छन् ।

अमेरिकी सरकारी निकायको अभिलेखअनुसार मस्कले मंगलवार र बुधवार टेस्ला कम्पनीका कुल ४४ लाख वटा सेयर विक्री गरेका हुन् ।

मस्कले ट्विटर किन्ने सहमति गरेसँगै टेस्लाको सेयर विक्री गर्न सक्ने पूर्वानुमान गरिएको थियो भने सोही कारण टेस्लाको सेयर मूल्य पनि घटेको थियो । यद्यपि मस्क आफूले भने टेस्लाको सेयर विक्री नगर्ने बताउँदै आएका थिए ।

४४ अर्ब डलरमा ट्विटर किन्ने सहमति गरेका मस्कले टेस्ला कम्पनीको सेयर विक्री गरे बापत प्राप्त गरेको रकम ट्विटर किन्न प्रयोग गर्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर