गठबन्धनको विरोधमा कांग्रेस क्षेत्रीय उपभापति एमाले प्रवेश – Nepal Press

गठबन्धनको विरोधमा कांग्रेस क्षेत्रीय उपभापति एमाले प्रवेश

रुपन्देही । नेपाली कांग्रेस प्यूठान निर्वाचन क्षेत्र नं १ का क्षेत्रीय उपसभापति जैनुल मियाँ एमालेमा प्रवेश गरेका छन् ।

२०४१ सालदेखि राजनीतिमा सक्रिय मिया कांग्रेसले माओवादीलगायतका दलसँगको गठबन्धनको विरोधमा रहेका थिए ।

जिल्लाको सुरुमारानी गाउँपालिकामा स्थानीय पार्टी कमिटीले गरेका बहुमतको निर्णयबेगर जिल्ला कमिटीले निर्णय गरेपति त्यो पार्टीबाट कुनै काम गर्न नसक्ने जनाउँदै उनी एमाले प्रवेश गरेका जारी विज्ञप्तीमा जनाएका छन् ।

मियाँले आफूसँगै ठूलो समूह असन्तुष्ट रहेकाले छिटै एमालेमा आउने र एमालेबाटै राजनीतिमा सकृय रहने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर