गृहमन्त्री खाँण जब नयाँ बानेश्वरको ढाबामा छिरे – Nepal Press

गृहमन्त्री खाँण जब नयाँ बानेश्वरको ढाबामा छिरे

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरमा रहेको एक भोजनालयमा पुगेर त्यहाँको अवस्थाको बारेमा जानकारी लिएका छन् ।

बानेश्वरमा रहेको लुम्बिनी तन्दुरी भोजनालय पुगेर तन्दुरी रोटी खाँदै व्यवसायबारे जानकारी लिएका हुन् ।

कपिल पोखरेलले सञ्चालन गरेको भोजनालयमा आएका सेवाग्राहीसँग पनि गृहमन्त्री खाणले भोजनालयको खाना कस्तो छ रु भनेर सोधेका थिए ।

गृहमन्त्री खाणले भोजनालयमा काम गर्ने कामदारसँग पारिश्रमिकलगायतका विषयमा जानकारी लिएका छन् ।

सञ्चालक पोखरेलले भोजनालयमा गृहमन्त्री आएर खाजा खाँदा खुसी लागेको बताएका छन् ।


प्रतिक्रिया

One thought on “गृहमन्त्री खाँण जब नयाँ बानेश्वरको ढाबामा छिरे

  1. पैसा खाएर संगठन नै ध्वस्त बनाउने देउवा र खाँडलाई कडा कारवाही हाेस् ।यस्ताे नियुक्तीकाे विराेधमा समाचार नबनाउने चाहिँ दलाल हुन् । यस्ताे देशद्राेही काम गर्दा पनि चुईक्क नबाेल्ने देउवाका दुईवटा पुच्छर पनि नेता ? अरूलाई प्रतिगामी भन्ने यी के ? भारतीय दलाल त यी हुन् नै अब त लुटेराकाे मतियार पनि प्रमाणित भए । समग्रमा गठबन्धन लुटेराहरूकाे ग्याङ् हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर