चुनावी गीत लेख्दै वामदेव गौतम नेकपा एसको पक्षमा खुले
काठमाडौं । नेकपा एमालेको विभाजनमा तटस्थ देखिएका नेता वामदेव गौतम चुनावी माहौलमा बेग्लै तरिकाले नेकपा एसको पक्षमा खुलेका छन् ।
अहिलेसम्म नेकपा एसमा लागेको औपचारिक घोषणा नगरेका उनले सो पार्टीका लागि चुनावी गीत लेख्दै आफूलाई खुलाएका हुन् ।
वामदेवको लिरिक्स रहेको नेकपा एसको चुनावी गीत आज सार्वजनिक भएको छ ।
गीतको बोल छ:
एकीकृत समाजवादी हाम्रो पार्टी हो
क्रान्तिकारी विकास गर्न जन्मिएको हो
वामदेवले एउटा सर्जकको हिसाबले मात्रै यो गीत लेखिदिएका हुन् कि भन्ने पनि लाग्न सक्छ । तर, गीतको म्युजिक भिडियोमा पनि उनले अभिनय गरेका छन् । यसले वामदेवको झुकाव स्पष्ट देखिएको छ ।
वामदेवद्वारा लिखित चुनावी गीत भने राजनीतिक भाषण जस्तो छ ।
गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन् । संगीत कृष्ण केसीको रहेको छ ।
एमालेले त बामदेवलाई पहिले नैएस तिर लाग भनेकाे हाे । स्वभाव दुवैकाे मिल्छ ।
यस्ता भडुवा उतै गएको राम्रो कमसेकम एमालेलाई अभरमा साथ दिनेहरू त सुरक्षित रहे ।