निजी गाडी चढेर काठमाडौंको आमसभामा पुगे प्रधानमन्त्री देउवा – Nepal Press

निजी गाडी चढेर काठमाडौंको आमसभामा पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । काठमाडौंमा सत्तारूढ पाँचदलीय गठबन्धनको चुनावी सभा जारी छ ।

रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा केही समयअघि निजी गाडीबाट कार्यक्रमस्थल पुगेका छन् ।

वागमती प्रदेशको इम्बोस्ड नम्बर प्लेट रहेको ‘बी एबी ४३६६’ नम्बर टोयोटाको ल्याण्डक्रुजर चढेर देउवा सभास्थलमा आएका हुन् ।

प्रधानमन्त्री देउवा यसअघि बिहीबार चितवनको सभामा जाँदा पनि निजी गाडी चढेर कार्यक्रमस्थल पुगेका थिए ।

निर्वाचन आचारसंहितामा चुनावी प्रचारप्रसारमा सरकारी स्रोतसाधन बन्देज गरिएको छ । सोही कुरालाई हेरेर देउवाले सरकारी गाडी प्रयोग नगरेका हुन् ।

यद्यपि देउवाको सुरक्षाको लागि भने सुरक्षाकर्मीले सरकारी गाडी नै प्रयोग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर