निर्वाचन बहिस्कारको अभियानमा बैद्य माओवादी – Nepal Press

निर्वाचन बहिस्कारको अभियानमा बैद्य माओवादी

काठमाडौं । स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा नेकपा क्रान्तिकारी माओवादी भने निर्वाचन बहिस्कारको मुद्धा लिएर अगाडी बढेको छ ।

पार्टीले निर्वाचन बहिस्कार गरौं भनेर कोण सभा तथा भित्ते लेखन कार्यक्रम पनि तिब्र रुपमा अगाडी बढाएको छ ।

स्थानिय निर्वाचन बहिस्कार गरौं अभियान अन्तर्गत काठमाडौं लगायत देशका मुख्य शहरहरुमा निर्वाचनलाई कथित निर्वाचनको संज्ञा दिँदै ‘कथित स्थानीय निर्वाचन बहिस्कार गरौं’भन्ने भित्तेलेखन र कोणसभा सम्पन्न गरेको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तथा प्रदेश १ का आर्थिक विभाग प्रमुख रुद्र फुयल ‘पर्बत’ले बताए ।

देशब्यापी रुपमा पार्टीले बहिस्कारको अभियानलाई तिब्र पारेको र जहाँ भ्रष्टचार भएको छ, जहाँ जनविरोधी कार्य भएका छन् त्यस्ता स्थानहरुमा पार्टीका गतिविधिहरु भईरहेका उनको भनाइ छ ।

काठमाडौं महानगर कमिटीले काठमाडौंको विभिन्न ७ स्थानमा निर्वाचन बहिस्कार गारौं भन्ने भित्ते लेखन गरेको र कोटेश्वर, जडिबुटी, मिनभवन, शंखमुल, भिमशेनगोला, बिजुलीबजार, तिनकुने, बानेश्वर लगायतका ठाउँहरुमा भित्ते लेखन सम्पन्न गरेको छ ।

अघिल्लो स्थानीय निर्वाचनमा बैद्य समुहले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालबाट देशभर भाग लिएका भएपनि कुनै स्थानमा विजयी भने भएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर