गठबन्धनका शीर्ष नेतालाई ओलीले भरतपुरबाटै जवाफ दिने, आइतबार क्याम्पाचौरमा जनसभा – Nepal Press

गठबन्धनका शीर्ष नेतालाई ओलीले भरतपुरबाटै जवाफ दिने, आइतबार क्याम्पाचौरमा जनसभा

चितवन । सत्ता गठबन्धनले भरतपुरमा आमसभा गरेर रेनु दाहाल नजिते मुलुक दुर्घटनामा पर्ने चेतावनी दिए लगत्तै नेकपा एमालेले पनि भरतपुरमा वृहत जनसभा गर्ने भएको छ ।

आगामी आइतबार भरतपुरका क्याम्पाचौरमा हुने जनसभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु चितवन जाने भएका छन् ।

भरतपुरको चुनावी अभियानको कमाण्ड एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले गरिरहेका छन् । गठबन्धनकी उम्मेदवार रेनु दाहालसँग एमालेका बिजय सुवेदीले प्रतिस्पर्धा गर्दैछन् ।

भरतपुरको जनसभाबाट गठबन्धनलाई ओलीले जवाफ दिने तयारी भइरहेको चितवन एमालेले जनाएको छ । सत्ता गठबन्धनका नेताहरुले भरतपुरका जनता र कार्यकर्तालाई धम्की दिएर हिँडेकाले एमालेले त्यसको जवाफ दिने जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर