बुढानिलकण्ठ-१० मा आफूले गरेका कामको स्वेतपत्रसहित नवराज भट्टराईको घरदैलो – Nepal Press

बुढानिलकण्ठ-१० मा आफूले गरेका कामको स्वेतपत्रसहित नवराज भट्टराईको घरदैलो

काठमाडौं । पाँच वर्षअघिको स्थानीय तह निर्वाचनमा विपक्षीभन्दा दोब्बर मतान्तरले जितेर बुढानिलकण्ठ नगरपालिकाको म्यान अफ दि इलेक्सन बनेका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई ५ वर्षमा गरेका र अधूरा कामको विवरणसहित चुनावी मैदानमा उत्रिएका छन् ।

उनले आफू पुनः उम्मेदवार बन्दै गर्दा यसबीचमा गरेका कामको विवरण पनि स्वेतपत्रमार्फत सार्वजनिक गरेका छन् । एउटा वडाध्यक्षले विकासका कामले नै नाम दिलाउन सक्छ भन्ने उदाहरणका रुपमा भट्टराई अघि बढेका छन् ।

१४ सय मतान्तरले अघिल्लो चुनावमा जित निकालेका उनले बाचा गरेका कतिपय काम पूरा हुन बाँकी रहेको र सिमित साधन स्रोतका बीच सकेसम्म राम्रा काम भएका बताएक छन् ।

भट्टराई भन्छन्,‘म जनताको सेवा गर्नका निम्ति सँधै तत्पर रहन्छु। अझ गर्न धेरै बाँकी नै छ। कतिपय काम केन्द्र र प्रदेश सरकारसँग समन्वयमा गर्नुपर्ने र ठेकेदारले अलपत्र पार्ने अवस्थाले हुन सकेनन् । तर वडाध्यक्षको हैसियतबाट गर्नुपर्ने पुर्वाधार तथा जनताका दैनिक काममा मैले कुनै कमजोरी गरेको छैन ।

बुढानिलण्ठ १० मा एमालेबाट नवराज भट्टराई पुनः वडाध्यक्षमा उम्मेदवार बन्दै गर्दा महिला सदस्यमा रीता दाहाल,दलित महिलामा दिलकुमारी विक,खुल्ला सद्यस्यमा चन्द्रमान श्रेष्ठ र देवी रेग्मी उम्मेदवार छन् ।

यो नगरपालिकामा एमालेले मेयरमा कपनकै पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारी र उपमेयरमा साहित्यकार अनिता लामालाई उम्मेदवार बनाएको छ ।

फेरि वडाध्यक्षको मैदानमा रहेका उनले जनतामाझ आफूले गरेका कामको विवरणलाई पनि देखाउन चाहेका छन्। सत्ता गठबन्धनमा कांग्रेससँग मैदानमा उत्रिन लागेका भट्टराईले २६ बुँदामा आफूले गरेका कामलाई देखाउन चाहेका छन्।

  • नगर अस्पतालको अस्थायी बहिरंग सेवा संचालन।
  • भूकम्प स्मृति पार्क निर्माण।
  • पुरातात्विक आकाशेधाराको पुनर्निर्माण शुभारम्भ।
  • बाल उद्धार विद्यालय नमुना विद्यालयमा सूचीकृत।
  • नगर अस्पताल निर्माण अन्तिम चरणमा ।
  • वडा कायार्लय भवनमा सभाहलको निर्माण ।
  • पारिजात पार्क तथा आकाशेधारा बाटिका निर्माण।
  • वडा कायार्लय निर्माणका लागि डिपिआर तयार।
  • साप्रेढुंगामा नेवार समुदायको संस्कृति सम्वद्धर्नको निमित्त धिमे बाजा वितरण तथा बाजा बजाउने तालिम।
  • बाल उद्धार माध्यमिक विद्यालयमा २ वटा नयाँ भवन निर्माण सम्पन्न तथा ३ वटा भवनमा रेक्ट्रोफिटिंग कार्यजारी।
  • धोबीखोला करिडोर निर्माणमा बर्षौदेखि अवरुद्ध साततले पाथिभरा बस्तीको २२ घर मध्ये १० घरलाई बूढानीलकण्ठ वडा न.२ मा पुनर्स्थापन तथा १२ घरलाई उचित क्षतिपूर्ति उपलब्ध गराई करिडोर निर्माण सम्पन्न।
  • साततले आनीगुम्बा क्षेत्रको डुवान समस्या समाधानका निमित्त आनिगुम्बा देखि आरम्भचोकसम्म बक्स कल्भर्ट निर्माण कार्यसुचारु साथै आरम्भचोकदेखि साततलेसम्म डिपिआर निर्माण भई कार्यान्वयन अन्तिम चरणमा रहेको।
  • प्रस्तावित कपन ह्याण्डबल ग्राउण्डमा विभिन्न खेल खेल्न मिल्ने रंगशाला निर्माण कार्यसुचारु।
  • एकीकृत सिद्धेश्वर परियोजना अन्तगर्त निर्माण कार्यजारी।
  • वडाभित्रका बिभिन्न स्थानमा लोकेशन बोर्ड निर्माण।
  • कपन बहमुखी क्याम्पसको भवन निर्माण कार्यसंगै भवनमा पठनपाठन संचालन।
  • नेपाल चाटर्र स्कुल स्थित साप्रेढुंगा मैदानको स्तरोन्नति।
  • गौरीशकंर टोलमा सार्वजनिक शौचालय निर्माण।
  • मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन बिस्तार।
  • ज्येष्ठ नागरिक नलेज बैकंको डिपिआर निर्माण।
  • जोरधारा खानेपानीमा डिप बोरिङ कार्यसम्पन्न।
  • पुरातात्विक चुनदेवी मन्दिरको पुनर्निर्माण।
  • सहजीकरणको लागि वडा कार्यालयमा टोकन मेसिन जडान।
  • वडा नं. ९ र १० जोड्ने ३ वटा पक्की पुल निर्माण।
  • वडाभित्र २७.१ किलोमिटर बाटो स्तरोन्नती।
  • वडाभित्र २५ किलोमिटर खानेपानी पाईपलाईन बिस्तार।

भट्टराईले यस पटक जित निकालेको खण्डमा अझ प्रभावकारी काम गरेर देखाउने वाचा गरेका छन्। उनी भन्छन्,‘यी अहिलेसम्म गरेका काम हुन् यीनको निरन्तरतासँगै नयाँ काम थप्ने योजना छ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर