आज बुटवलमा सत्ता गठबन्धनको चुनावी सभा तथा शक्ति प्रदर्शनी – Nepal Press

आज बुटवलमा सत्ता गठबन्धनको चुनावी सभा तथा शक्ति प्रदर्शनी

रुपन्देही । सत्ता गठबन्धनले आज बुटवलमा चुनावी सभा तथा आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ ।

बिहान ११ बजे बुटवल ११ स्थित वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, माओवादी नेता चन्द्रप्रकाश खनाल बलदेवलगायतका नेताहरु सम्बोधन गर्ने गरी कार्यक्रमको तयारी गरिएको छ ।

स्थानीय निर्वाचनमा चुनावी एकता गरी सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी सभा तथा शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

चुनावी एकतालाई परिणाम दिन र कार्यकर्तालाई अझै बढी उत्साहित बनाउनको लागि सबै दलका नेताहरुले सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएको नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईले बताए ।

कार्यक्रममा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा सहित पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एसका सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्री, जसपाका नमराज सुवेदी, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल बलदेव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश प्रमुख बोमबहादुर खत्री, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदीलगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

कार्यक्रममा एक लाखभन्दा बढीको सहभागिता हुने अपेक्षा गरिएको कांग्रेस नेता प्रजापाल गिरीले बताए ।


प्रतिक्रिया

One thought on “आज बुटवलमा सत्ता गठबन्धनको चुनावी सभा तथा शक्ति प्रदर्शनी

  1. काठमाडाैंमा त विजाेग थियाे गठबन्धनकाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर