चुनावी सभालाई सम्बोधन गर्न सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री देउवा बुटवलमा – Nepal Press

चुनावी सभालाई सम्बोधन गर्न सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री देउवा बुटवलमा

रुपन्देही । सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरु बुटवलमा आइपुगेका छन् । सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री देउवा बुटवल पुगेका हुन् ।

बुटवल ११ स्थित वाणिज्य क्याम्पसको मैदानमा आयोजना भएको चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँण, कांग्रेस नेता प्रकाशशरण महत, नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेव, नेकपा एसका सचिव तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्री, जसपाका नेता नमराज सुवेदी, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीलगायतका नेताहरु कार्यक्रममा सहभागी भएका छन् ।

स्थानीय निर्वाचनमा चुनावी एकता गरी सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी सभा आयोजना गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर