माओवादी सचिवालय सदस्य भट्टराई एमाले प्रवेश – Nepal Press

माओवादी सचिवालय सदस्य भट्टराई एमाले प्रवेश

रुपन्देही । नेकपा माओवादी कपिलवस्तुका जिल्ला सचिवालय सदस्य डा. धर्मराज भट्टराई नेकपा एमाले प्रवेश गरेका छन् । एमालेका उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री बिष्णु पौडेलले औषधी व्वसायी महासंघ कपिलवस्तुका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य डा धर्म भटराईलाई एमाले प्रवेश गराएका हुन् ।

सो अवसरमा नेता पौडेलले अब देशमा कम्यूनिष्ट ब्यानरमा रहने भुरेटाकुरेहरु परास्त हुने दिन आएको बताए । एमालेलाई एक्लै हराउने कुनै आँट नभएपछि ५ दलको गठबन्धन बनेको बताउँदै उनले चुनावपछि केही पार्टीको अस्तित्व संकटमा पर्ने बताएका थिए ।

एमाले प्रवेश गरेका डा. धर्मराज भट्टराईले २० वर्ष माओवादीमा रहेर काम गर्दा माओवादी सिद्धान्त र व्वहार दुबै हिसावले एमालेभन्दा राम्रो बन्न नसकेपछि एमाले रोजेको बताए। उनले छाडेको पार्टीलाई गाली नगर्ने भन्दै आफूजस्ता कार्यकर्ता हजारौंको संख्यामा एमालेमा गई सक्दा पनि आफू पछि परेकोमा पछुतो लागेको बताए । एउटा दलसँग लड्न ५ दल मिल्नुपर्छ भने देशमा कसले मजवुत संगठन बनाएको रहेछ छर्लङग भएको उनको भनाई छ ।

वर्तमान समयको आवश्यकता एमाले पार्टी नै रहेको बताउदै छोटो समयमै एमाओवादीबाट ठूलो समूह एमालेमा आउने उनले दावी गरे । नवप्रवेशी भट्टराईले एमाले संस्थागत ढंगले संचालन हुँदा जनविश्वास बढ्दो रहेको र देशव्यापी रुपमा एमालेको पक्षमा जनलहर आएको बताए ।

भट्टराईले माओवादीमा आफुले २० वर्ष ब्यतित गरेको दावी गर्दै प्रचण्डको चितवनको चुनावी सभाको भाषण सुन्दा आफुलाई आत्मगलानी भएको तर्क गर्दै छोरी हार्दा देश संकटमा पर्ने भाषण गर्नु निकै लज्जाको विषय भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर