बालेनको प्रचारमा नारा- भ्रष्टाचारीलाई चोटैचोट, बालेन शाहलाई भोटैभोट – Nepal Press

बालेनको प्रचारमा नारा- भ्रष्टाचारीलाई चोटैचोट, बालेन शाहलाई भोटैभोट

काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्वाचन अन्तर्गत मेयर पदमा र्‍यापर बालेन शाहको उपस्थिति निकै रोचक बन्दै गएको छ ।

सुरुमा सामान्य उम्मेदवारका रूपमा लिइएका बालेनलाई अहिले सामाजिक सञ्जालमा व्यापक जनसमर्थन मिलिरहेको छ ।

विशेष गरी युवा र नयाँ मतदाताको जमातले उनीमाथि समर्थन गरिरहेको छ ।

यसै जनसमर्थनलाई उनले आफ्नो प्रचार शैलीमा पनि प्रयोग गरिरहेका छन् । अहिले उनी घरदैलो भेटघाट र त्यस क्रममा र्‍याली समेत निकाल्दै डुलिरहेका छन् ।

जसमा बाक्लो युवा जमातले उनलाई पछ्याइरहेको छ ।

यसरी पछ्याइरहेका युवाहरूले लगाइरहेका नाराहरू पनि झनै रोचक र घोचक छन् ।

ती नाराहरूमा अहिले सबैभन्दा बढी दोहोरिइरहेको नारामा ‘भ्रष्टाचारीलाई चोटैचोट, बालेन शाहलाई भोटैभोट’ बढी रुचाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर