गठबन्धनका उम्मेदवार जति नै ह्याण्डसम र ब्युटी भए पनि चुनाव एमालेले नै जित्छ : ओली – Nepal Press

गठबन्धनका उम्मेदवार जति नै ह्याण्डसम र ब्युटी भए पनि चुनाव एमालेले नै जित्छ : ओली

माधव नेपाल विरालो बनेर देउवाको भान्सामा पुगे

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्युटी उम्मेदवार उठाए पनि चुनाव नजित्ने टिप्पणी गरेका छन् ।

विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टी बाहेक अरूले चुनाव जित्न नसक्ने दाबी गर्दै असक्षम व्यक्ति विजयी भए कुर्सी रुने बताए ।

गठबन्धनतर्फ संकेत गर्दै ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले कुहिएका डोढका लौरा टेकेर हिँडिरहेको टिप्पणी गरे ।

उनले माधव नेपाललाई लक्षित गर्दै भने, ‘एमालेको टुप्पोमा बसेर १५ वर्षसम्म रस खाएका माधव नेपाल अहिले देउवाको भान्सामा बिरालो भएर पुगेका छन् । देउवाले भान्सामा पुगेको नेपाललाई आफूले देउवालाई भनेर एक/एक कचौरा दूध दिएपछि शान्त छन् ।’

गठबन्धन तोड्ने आफूले नचाहेको उल्लेख गर्दै ओलीले आफूले चाहेको भए पाँच वटा कचौरा खर्च गरेर काम तमाम गरिदिने चेतावनी दिए ।

हिजोका दिनमा टाउको मोल तोक्ने र बम हान्नेहरू अहिले एक अर्काको प्रशंसामा मग्न भएको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर