विराटनगरमा ८ लाख भारुसहित एक भारतीय महिला पक्राउ
नेपाल प्रेस
२०७९ वैशाख २५ गते १२:३४
काठमाडौं । मोरङ प्रहरीले ८ लाख भारतीय रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय महिला ३० वर्षीय मुन्नीदेवी सहनी रहेकी छिन् । उनलाई विराटनगर महानगरपालिका-१५ बाट गएराति पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
उक्त रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर