जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प
नेपाल प्रेस
२०७९ वैशाख २६ गते १६:०८
टोकीयो । जापानको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।
युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार बिहान ११.५३ बजे भूकम्प गएको हो ।
भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
अहिले विवरण संकलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाइ छ ।
प्रतिक्रिया