भरतपुर महानगरको स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेलसँग एक दिन (भिडिओ) – Nepal Press
के छ माहोल ? सिरिज-६

भरतपुर महानगरको स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेलसँग एक दिन (भिडिओ)

भरतपुर । २०४९ सालमै नेपाली कांग्रेसको तर्फबाट तत्कालीन भरतपुर नगरपालिकाको उपमेयर रहेका पूर्व सांसद जगन्नाथ पौडेल यतिबेला भरतपुर महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुन् ।

भरतपुरको प्रमुखमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने आग्रह र दवावलाई गठबन्धनले अस्वीकार गरेपछि स्वतन्त्र उम्मेदवारका रुपमा पौडेल मैदानमा होमिएका छन् । चितवन कांग्रेसका पाका नेताहरुको साथ पाएका पौडेलले भुइँकटहर चुनाव चिन्ह पाएका छन् । सत्तारुढ गठबन्धकी उम्मेदवार रेनु दाहाल र एमाले उम्मेदवार विजय सुवेदीलाई टक्कर दिने चाहेका पौडेल कांग्रेसकै झण्डा बोकेर नियमित प्रचारमा व्यस्त छन् ।

शीर्ष नेताहरुले गरेको आग्रह र पार्टीको कारवाहीको समेत परवाह नगरी मैदानमा होमिएका पौडेलले प्राप्त गर्ने मतले भरतपुरको परिणाममा सर्वाधिक अर्थ राख्ने देखिन्छ । नेपाल प्रेसको नियमित श्रृंखला ‘के छ माहोल ?’ मा प्रस्तुत छ, भरतपुर महानगरको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको चुनावी चहलपहल-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *