रुपन्देहीमा सत्ता गठबन्धनः बुटवलको प्रमुख र उपप्रमुखबाहेक अन्त भद्रगोल – Nepal Press

रुपन्देहीमा सत्ता गठबन्धनः बुटवलको प्रमुख र उपप्रमुखबाहेक अन्त भद्रगोल

रुपन्देही । नेकपा एकीकृत समाजवादीले रुपन्देहीका १६ पालिकामध्ये बुटवलबाहेक अन्यत्र गठबन्धन छाडेर उम्मेदवारी दिएको छ । गठबन्धनको मर्मअनुसार सम्मानजनक सिट नपाएपछि बुटवलबाहेक अन्य पालिकामा गठबन्धन नभएको नेकपा एसका नेता सिद्धिचरण भट्टराईले बताएका हुन् ।

भागबन्डा नमिलेपछि दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चबारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवा गाउँपालिकामा गठबन्धनमा आवद्ध दलहरूले मित्रवत प्रतिस्पर्धा गर्नेसहमति अनुसार अलग–अलग उम्मेदवारी दिएका छन् ।

तिलोत्तमामा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै गठबन्धन भएको छ । मेयरमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा माओवादी केन्द्रका हेमन्त पाण्डे उम्मेदवार छन् । सैनामैनामा जसपा र नेकपा एसले गठबन्धन गरेका छन् । बुटवलमा कांग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एसका चीनबहादुर गुरुङ उपमेयर उम्मेदवार छन् । यहाँ २ वडा माओवादीले पाएको छ, जहाँ रुख चिन्ह लिएर माओवादी नेताहरु उम्मेदवार उठेका छन् ।

जसपा र जनमोर्चाले बुटवलमा मेयर उपमेयरमा उम्मेदवारी दिएपनि पछि फिर्ता लिएका थिए । अन्य अधिकांश पालिकामा उम्मेदवारी दिएका छन् ।

जम्मा पालिका १६
बुटवल उपमहानगरसहित ६ नगरपालिका
१. बुटवलः पाँच दलीय गठबन्धन– मेयर खेलराज पाण्डे (कांग्रेस), उपमेयर चीनबहादुर गुरुङ (नेकपा एस)
२. तिलोत्तमाः कांग्रेस र माओवादी गठबन्धन – मेयर (कांग्रेस), उपमेयर (माओवादी) – नेकपा एस र जसपाको अलग उम्मेदवारी
३. देवदहः कांग्रेस र माओवादी गठबन्धन – मेयर (कांग्रेस), उपमेयर (माओवादी) – जसपा, नेकपा एस र जनमोर्चाको अलग उम्मेदवारी
४. सैनामैनाः कांग्रेस र माओवादी गठबन्धन– जसपा र नेकपा एसको गठबन्धन, जनमोर्चाको एकल उम्मेदवारी
५. सिद्धार्थनगरः कांग्रेस र माओवादी गठबन्धन – मेयर (कांग्रेस), उपमेयर (माओवादी) – जसपा, नेकपा एसको अलग अलग उम्मेदवारी
६. लुम्बिनी सांस्कृतिकः सबै एक्लाएक्लै

१० गाउँपालिकामध्ये
१. सियारीः कांग्रेस र माओवादी गठबन्धन – अध्यक्ष (कांग्रेस), उपाध्यक्ष (माओवादी) – नेकपा एस र जसपा अलग अलग उम्मेदवारी ।
२. गैडहवाः कांग्रेस, माओवादी, नेकपा एस र जसपा एक्लाएक्लै
३. कोटहीमाईः कांग्रेस, माओवादी र जसपाको अलगअलग उम्मेदवारी, एस वडामा सीमित
४. कन्चनः कांग्रेस र माओवादी गठबन्धन – अध्यक्ष (कांग्रेस), उपाध्यक्ष (माओवादी) – जसपा, जनमोर्चा, नेकपा एसको अलग अलग उम्मेदवारी
५. ओमसतियाः माओवादी, कांग्रेस र नेकपा एसको गठबन्धन – अध्यक्ष (माओवादी), उपाध्यक्ष (कांग्रेस) – जसपा, लोसपा, जनमतको अलग उम्मेदारी
६. सम्मरीमाईः माओवादी, कांग्रेस, नेकपा एस, जसपा सबै एक्लाएक्लै
७. शुद्धोधनः कांग्रेस र माओवादी गठबन्धन – अध्यक्ष (कांग्रेस), उपाध्यक्ष (माओवादी) – नेकपा एस र जसपाको अलग अलग उम्मेदारी
८. रोहिणीः कांग्रेस र माओवादी गठबन्धन – अध्यक्ष (कांग्रेस), उपाध्यक्ष (माओवादी) – जसपाको अलग र नेकपा एसको वडामा मात्रै उम्मेदवारी
९. मायादेवीः कांग्रेस, जसपा, लोसपा, माओवादी, सबैको अलग अलग उम्मेदारी
१०. मर्चवारीः जसपा, माओवादी, कांग्रेस, लोसपा, एमाले सबैको अलग अलग उम्मेदवारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *