कर्मा छिरिङले म विरुद्ध लगाएको आरोप पुष्टि गरुन्, नत्र उनलाई कारबाही हुनुपर्छ : गणेश थापा – Nepal Press

कर्मा छिरिङले म विरुद्ध लगाएको आरोप पुष्टि गरुन्, नत्र उनलाई कारबाही हुनुपर्छ : गणेश थापा

काठमाडौं । गणेश थापाले कर्मा छिरिङ शेर्पाले आफू विरुद्ध लगाएका आरोप पुष्टि गर्नुपर्ने नत्र उनलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।

शेर्पाले लगाएकै आरोपका कारण आफूलाई फिफाले प्रतिबन्ध लगाएको तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गर्न नसकेको भन्दै थापाले एन्फाका वर्तमान अध्यक्षलाई आरोप पुष्टि गर्न चुनौती दिएका हुन्

‘कर्माले म विरुद्ध लगाएका एउटा मात्र आरोप प्रमाणित गरुन्, म जिन्दगीभर फुटबलबारे बोल्दिन’, बुधवार पत्रकार सम्मेलन गर्दै उनले भने ।

आफू विरुद्ध लगाएका आरोपका कारण व्यक्तिगत र पारिवारिक रूपमा यातना भोग्दै आएको दाबी गर्दै उनले भने— कहिलेकाहीँ जीवन नै अन्त्य गरौँ की भन्ने कुरा पनि मनमा आउँछ ।

उनले भने- मलाई बिन हमामसँग पैसा लिएको भन्ने आरोपमा फिफाले कारबाही गरेको हो । कर्माले लगाएका आरोपमा त्यसको कुनै सम्बन्ध छैन । तर कर्माले मलाई ५८ करोड रुपैयाँ भष्ट्रचार गरेको आरोप लगाएका छन् । मेरा भावी सन्तानले यो कुरा सुने भने मलाई के भन्लान् ? त्यसैले कर्माले पुष्टी गर्नुपर्छ

फिफाले थापालाई १० वर्ष प्रतिबन्ध लगाएको थियो ।

उनले आफूलाई फिफाले कारबाही गरेको विषय र कर्माले लगाएका आरोपका विषय फरक रहेको दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *