नेकपा बहुमतले भन्यो– बास्तोलाको गिरफ्तारी सुनियोजित षड्यन्त्र, चुनावकाे सशस्त्र बहिष्कार गर्ने नीति छैन – Nepal Press

नेकपा बहुमतले भन्यो– बास्तोलाको गिरफ्तारी सुनियोजित षड्यन्त्र, चुनावकाे सशस्त्र बहिष्कार गर्ने नीति छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले पार्टीका संयोजक धर्मेन्द्र बास्तोला कञ्चनलाई पक्राउ गरीकाेमा विराेध जनाएकाे छ । बास्ताेलालाई विनासर्त तत्काल रिहा गर्न पार्टीले माग गरेको छ ।

पार्टीका तर्फबाट नेता सुदर्शनले एक प्रेस विज्ञप्ति जारी गर्दै वास्ताेलाई विनासर्त तत्काल रिहा गर्न माग गरेका हुन् । रिहा नगरिए देशव्यापी सङ्घर्ष गर्ने र त्यसको जवाफदेही सरकार हुनुपर्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

नियोजित रूपमा षड्यन्त्रपूर्वक बास्तोलालाई गिरफ्तार गरिएको सुदर्शनले बताएका छन् । आफ्नो पार्टीले चुनावमा भाग नलिने भने पनि विष्फोटजन्य र सशस्त्र बहिष्कारको नीति नरहेको उनले प्रष्ट्याएका छन् । बुटबल घटनाको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको उनले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर