निर्वाचनका लागि बर्दिबासमा पनि नेपाली सेनाकाे हेलिकप्टर ‘स्टाण्ड बाई’ रहने – Nepal Press

निर्वाचनका लागि बर्दिबासमा पनि नेपाली सेनाकाे हेलिकप्टर ‘स्टाण्ड बाई’ रहने

काठमाडौं । मधेस प्रदेशमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाले बर्दिबासमा पनि हेलिकप्टर राख्ने निर्णय गरेको छ ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सेनाले बर्दिबासमा पनि हेलिकप्टर राख्ने निर्णय गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिएका हुन् ।

यसअघि इटहरी, पोखरा, सुर्खेत र काठमाडौंमा हेलिकप्टरलाई तयारी अवस्थामा राख्ने निर्णय भएको थियो । आवश्यकताअनुसार बढीमा ३० मिनेटभित्र मतदान स्थलमा सेनाको टोली पुग्ने गरी एकीकृत सुरक्षा योजना तयार गरिएको छ । निर्वाचन सुरक्षाका लागि बाहिरी घेरामा नेपाली सेना रहेका छन् । त्यसका लागि देशभर ८ सयभन्दा बढी सुरक्षा बेसहरु बनाइएका छन् । सेनाले हवाई गस्ती पनि गर्ने तयारी गरेको छ ।

‘हवाई गस्ती आवश्यकताअनुसार हुन्छ । कहाँ हुन्छ भन्ने कुरा अहिले थाहा हुन्न’, सिलवालले भने । गृह मन्त्रालयले सबैभन्दा बढी सुरक्षा संवेदनशील प्रदेशका रुपमा मधेस प्रदेशलाई लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर