अत्यावश्यक बाहेक राति ८ बजेटपछि घरबाहिर ननिस्किन प्रशासनको आग्रह – Nepal Press

अत्यावश्यक बाहेक राति ८ बजेटपछि घरबाहिर ननिस्किन प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आज राति ८ बजेदेखि भोलि बिहान ४ बजेसम्म घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको आचारसंहिता अनुगमन समितिको बैठकले अति आवश्यक कामबाहेक घरबाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको हो ।

घरबाहिर निस्किनै परेको अवस्थामा सुरक्षा निकायलाई पूर्व जानकारी दिई अनुमति लिएर मात्रै निस्किन पनि आग्रह गरेको छ ।

आज राति ८ बजेबाट घर बाहिर निस्किनेलाई सुरक्षा निकायबाट कडाइका साथ सुरक्षा जाँच गर्न पनि निर्देशन दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर