रुसी हमलामा युक्रेन नेसनल गार्डका ५६० भन्दा बढी मारिएः युक्रेन – Nepal Press

रुसी हमलामा युक्रेन नेसनल गार्डका ५६० भन्दा बढी मारिएः युक्रेन

किभ । युक्रेनमाथि भएको रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी सेना मारिएका छन् । मारिनेमा हाल मारिओपोलको स्टिल कारखानामा रहेका रेजिमेन्ट पनि रहेको गार्डका नेताले जनाएका छन् ।

२४ फेब्रुअरीमा आक्रमण सुरु भएदेखि ५६१ जना मारिएकाबाहेक थप १६९७ सैनिकहरू घाइते भएको नेसनल गार्डका प्रमुख ओलेक्सी नाडटोचीले एउटा अनलाइन ब्रिफिङमा भनेका छन् ।

रुसी हमलामा मारिनेको संख्याबारे दुबै देश मौन रहेका बेला युक्रेनी पक्षबाट आफ्ना मारिने सेनाको तथ्यांक सार्वजनिक भएको हो । युक्रेनी र रुसी अधिकारीहरू क्षतिबारे खासै खुलेका छैनन् ।

युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेनाको तथ्यांक विरलै जारी गरेका छन् न त किभको रक्षा मन्त्रालय र मस्कोले सैन्य क्षतिको बारेमा कुनै जानकारी प्रदान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर