सर्लाहीको धनकौलमा कांग्रेससँग एमाले र माओवादीको विवाद, कम्तीमा ६ राउन्ड हवाइ फायर – Nepal Press

सर्लाहीको धनकौलमा कांग्रेससँग एमाले र माओवादीको विवाद, कम्तीमा ६ राउन्ड हवाइ फायर

काठमाडौं । सर्लाहीको धनकौल नगरपालिका-२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको छ ।

प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि जनाउँदै ढुंगा मुढा गरेपछि मतदान रोकिएको जिल्ला प्रहरी प्रमुख प्रबिन पोखरेलले जानकारी दिए ।

एक पटक रोकिएर पुन सुचारु हुन खोजेको मतदान प्रभावित बनेपछि प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको छ ।

‘त्यहाँ सुरुवातदेखि नै मतदान कोठाभित्र गर्ने की कोठाबाहिर गर्ने भन्नेमा विवाद थियो । विवाद मिलेर मतदान सुरु भएपछि फेरी माओवादी र एमालेले प्रतिनिधिका विषयमा विवाद गर्दै बहिस्कार गर्दै बाहिर निस्किएका थिए । बाहिर ढुंगा मुढा भएपछि हवाइ फायर भएको थियो। तर कति राउन्ड भयो भन्ने गन्नै बाँकी छ’, एसपी पोखरेलले भने, ‘विवाद मिलाएर फेरी मतदान सुरु हुन लाग्दा माओवादी र एमालेका सयौँ कार्यकर्ता फेरी झडपमा उत्रिएका थिए । हामीले ६ राउन्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लियौँ।’

यसै गरी महोत्तरीको बलुवा-५ मा पनि प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । वडाध्यक्षका उम्मेदवार मतदाताको नाम रुजु गर्नभन्दै मतदान केन्द्रबीच प्रवेश गरेपछि उनीमाथि हात पात भएर विवाद सुरु भएको थियो । अहिले मतदान भइरहेको महोत्तरी प्रहरी प्रमुख कृष्ण पंगेनीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर