सप्तरीको डाक्नेश्वरीमा स्थगित भएको मतदान जेठ १ मा हुने – Nepal Press

सप्तरीको डाक्नेश्वरीमा स्थगित भएको मतदान जेठ १ मा हुने

काठमाडौं । सप्तरीको डाक्नेश्वरीमा स्थगित भएको मतदान १ जेठमा हुने भएको छ । डाक्नेश्वरी नगरपालिका–२ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुन लागेको हो ।

मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको र रोकिएको मतदान आजै हुने अवस्था नभएपछि सर्वपक्षीय छलफलपछि जेठ १ मा मतदान गर्ने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

एक अशक्त महिलाले मतदान अधिकृतलाई मत हाल्न दिएकी थिइन् । तर, मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरू भएको थियो ।

विवादपछि एक समूहले मतदान अधिकृतमाथि कुटपिट गरेका थिए । मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान रोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर