दमक मेयरमा एमालेकी गीता अगाडि, कसको कति ?
नेपाल प्रेस
२०७९ वैशाख ३१ गते १३:५४
विराटनगर । झापाको दमक नगरपालिका मेयरमा नेकपा एमालेकी गीता अधिकारीले अग्रता लिएकी छन् ।
५०० गणना गर्दा अधिकारीले २१६ मत प्राप्त गरिन् । राप्रपाका राम थापाले १८३ मत ल्याएर पछ्याइरहेका छन् ।
उपमेयरमा एमालेकी अम्बिका खनाल र कांग्रेसकी रोगिना भट्टराईको बराबर १९३ मत छ । दमकमा अहिले वडा नम्बर १ को मत गणना भइरहेको छ ।
२०७४ को निर्वाचनमा यो वडामा राप्रपाका उमेदवार वडाध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर