काठमाडौं महानगर : स्थापितभन्दा बालेन ८३ मतले अगाडि, सिर्जना तेस्रो – Nepal Press

काठमाडौं महानगर : स्थापितभन्दा बालेन ८३ मतले अगाडि, सिर्जना तेस्रो

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको जारी मतगणनाको आधिकारिक अपडेट सार्वजनिक गरेको छ ।

आयोगका अनुसार जारी मतगणनामा बालेन साहले ४ सय २ मतसहित अग्रता लिइरहेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ३ सय १९ मतसहित साहलाई पछ्याइरहेका छन् ।

गठबन्धनकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले भने २ सय २ मत प्राप्त गरेकी छिन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले ५ सय २० र नेकपा एसका रामेश्वर श्रेष्ठले १ सय १० मत प्राप्त गरेका छन् ।

यो वडा नम्बर १ र ३२ को १ हजार मत र वडा नम्बर २ को १८० मत गणनाको परिणाम हो ।

अहिले यी सँगै वडा नम्बर २ र ४ को गणना पनि जारी रहेको छ । तर ती वडाको आधिकारिक परिणाम सार्वजनिक भएको छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर