गुल्मीको रेसुङ्गाको मेयरमा कांग्रेसका खिलध्वज पन्थी विजयी, उपमेयरमा अमृतादेवी – Nepal Press

गुल्मीको रेसुङ्गाको मेयरमा कांग्रेसका खिलध्वज पन्थी विजयी, उपमेयरमा अमृतादेवी

रुपन्देही । गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन् ।

गठबन्धनको नेतृत्व गर्दै उनी मेयर पदमा उम्मेदार बनेका थिए । उनले नेकपा एमालेका राजेन्द्र पाण्डेलाई १३५२ मतले हराएका हुन् ।

यसअघि नेकपा एमालेले मेयर उपमेयरसहित बहुमत वडा जितेको रेसुङ्गामा कांग्रेसले गठबन्धनको बलमा जित निकालेको हो ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवाली तथा सचिव गोकर्ण विष्टको गृहजिल्लाको सदरमुकाम रहेको यो पालिकामा कांग्रेसको जितले एमालेलाई चुनौती थपेको छ ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसका अमृतादेवी कुँवर विजयी भएकी छन् । उनले १५७२ मतान्तरले विजयी भएकी हुन् ।

१४ वटा वडा रहेको यो पालिकामा नेपाली कांग्रेसले १० र एमालेले ४ वटा वडामा जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर