खोटाङको जन्तेढुंगामा गठबन्धन विजयी, माओवादीकी अरुणाले जितिन्
नेपाल प्रेस
२०७९ जेठ १ गते १५:०५
काठमाडौं । खोटाङको जन्तेढुंगामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई अध्यक्षमा विजयी भएकी छन् । उनले २८८१ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शंखरबहादुर राईले २५७५ मत प्राप्त गरे ।
अरुणा प्रदेश १ कमिटी सदस्य हुन् ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसबाट लडेका खेम खड्का २८१२ मत ल्याएर विजयी भए । नेकपा एमालेकी विमलादेवी राईले २४९५ मत ल्याइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर