अर्घाखाँचीमा २१ वडाको नतिजा आयो, कांग्रेस-एमाले बराबर (सूचीसहित)
रुपन्देही । अर्घाखाँचीको ६ पालिकाको ६१ वडामध्ये २१ वटा वडाको नतिजा आएको छ ।
अहिलेसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेस र नेकपा एमालेको समान ९ वार्ड जितेका छन् । नेकपा माओवादीले २ वडामा विजयी हुँदै तेस्रो स्थानमा रहेको छ भने राष्ट्रिय जनमोर्चाले १ वडामा मात्र जितेको छ । गठबन्धनमा रहेको नेकपा एसले अहिलेसम्म खाता खोल्न सकेको छैन ।
नेपाली कांग्रेसबाट सन्धिखर्क नगरपालिकाको वार्डनम्वर १ मा माधव श्रेष्ठ, भुमिकास्थान नगरपालिका १ मा गोपाल खनाल,पाणिनि गाउँपालिी वार्डनम्वर १ मा कमल पोखरेल, पाणिनी गाउँपालिका वार्डनम्वर २ मा चन्द्रकान्त पौडेल ३ मा युबराज ज्ञवाली , छत्रदेव गाउँपालिका वार्ड नम्वर ५ बालकृष्ण प्रोखरेल, सितगंगा नगरपालिका वार्डनम्बर १ मा मानबहादुर सिंजापति, सितगंगा नगरपालिका वार्डनम्वर १४ मा दामोदर न्यौपाने, सन्धिखर्क नगरपालिका वार्डनम्वर १२ मा नारायण खड्का विजयी भएका छन् ।
एमालेले मालारानी गाउँपालिका वार्डनम्वर १ मा दधिराम आचार्य, पाणिनी गाउँपालिका वार्डनम्वर ८ मा रोमबहादुर पाण्डे, भुमिकास्थान नगरपालिका वार्डनम्वर १० मा खगेश्वर पन्थी, ९ मा खेमराज पोख्ेल छत्रदेव गाउँपालिका वार्डनम्वर ४ मा भिमलाल खनाल, पाणिनी गाउँपालिका वार्डनम्वर ७ मा गुनाखर अधिकारी, सितगंगा नगरपालिका वार्डनम्वर १३ मा दुर्गा विसी छत्रदेव गाउँपालिका ८ मा भीष्म कुबर, मालारानी गाँउपालिका वडा न ३ मा विजयी भएको छ ।
नेकपा माओवादी केन्द्रबाट मालारानी गाउँपालिका ९ मा महेन्द्र खनाल, मालारानी गाउँपालिका वार्डनम्वर २ मा योगेन्द्र भुसाल विजयी भएका छन् भने राष्ट्रिय जनमोचांका नेता बृद्विराम थापा भुमिकास्थान नगरपालिका वडा न २ मा विजयी भएका छन् ।
भुमिकास्थान नगरपालिका गठबन्धनका झविलाल थापा अग्रस्थानमा छन् भने जिल्लाका अन्य स्थानमा सन्धिखकं नगरपालिका, छत्रदेव गाँउपालिका मालारानी गाँउपालिका शितगगा नगरपालिका पाणिनि गाउँपालिकामा थोरै मतले एमालेले अग्रता लिएको छ । यी पालिकामा निकै प्रतिस्पर्धा रहेको छ ।