दार्चुला लेकममा माओवादीका रामदत्त जाेशी अध्यक्षमा निर्वाचित – Nepal Press

दार्चुला लेकममा माओवादीका रामदत्त जाेशी अध्यक्षमा निर्वाचित

काठमाडौं । दार्चुलाको लेकम गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामदत्त जोशी निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार परमानन्द जोशीले २९७६ मत पाए । यस्तै एमाले उम्मेदवार परमानन्द जोशी २४४५ले मत पाए ।

उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार सुना जोशीलाई पराजित गर्दै एमाले उम्मेदवार माधवी जोशी विजयी भएकी छन् । माधवीले २६८५ मत ल्याएर विजयी हुँदा गठबन्धनबाट कांग्रेसकी सुनाले २५५४ मत ल्याइन् ।

सो पालिकामा एमालेले १, ३, ५ र ६ नम्बर वडामा जित हात पारेको छ ।

वडा नम्बर १ मा नवराज पन्त, ३ मा सुरेशसिंह थापा, ५ मा बल्देबसिंह बोहरा र ६ मा हरिबहादुर साउँद विजयी भएका छन् ।

वडा नम्बर २ मा प्यानलसहित गठबन्धनबाट कांग्रेसका उम्मेदवार शिवराज जोशी निर्वाचित भएका छन् । वडा नम्बर ४ अध्यक्षमा कांग्रेसका महेन्द्रराज जोशी विजयी भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर