प्यूठानको सरुमारानीमा एमाले विजयी, झगबहादुर बने गाउँपालिका अध्यक्ष – Nepal Press

प्यूठानको सरुमारानीमा एमाले विजयी, झगबहादुर बने गाउँपालिका अध्यक्ष

काठमाडौं । प्यूठानको सरुमारानी गाउँपालिकामा सत्ता गठबन्धनलाई एमालेले पराजित गरेको छ ।

गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार झगबहादुर विश्वकर्मा ४,२८८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुकुन्दराज शर्मालाई ९४ मतान्तरले पराजित गरेका हुन् । पराजित मुकुन्दराज शर्माले ४,१९४ मत ल्याएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै वसन्ता खड्का ४,३९४ मतसहित विजयी भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर