संखुवासभाको सिलिचोङ अध्यक्षमा कांग्रेसका मेवाहाङ निर्वाचित – Nepal Press

संखुवासभाको सिलिचोङ अध्यक्षमा कांग्रेसका मेवाहाङ निर्वाचित

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा विजयी मेवाहाङ २ हजार २०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका योगेन्द्र कुलुङले २ हजार ९ मत ल्याएर पराजित भएका छन् ।

माओवादीका कुलुङ दोस्रोपटक पराजित भएका हुन् । कुलुङ २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रामबहादुर कुलुङसँग पराजित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर