मदिरा पिएर मतगणना स्थलमा ‘हो-हल्ला’ गरेपछि मकवानपुरका कांग्रेस नेता बानियाँ पक्राउ – Nepal Press

मदिरा पिएर मतगणना स्थलमा ‘हो-हल्ला’ गरेपछि मकवानपुरका कांग्रेस नेता बानियाँ पक्राउ

हेटौंडा । मतगणनास्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेपछि कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख शैलेन्द्र बानियाँ पक्राउ परेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको मतगणनास्थलमा मादक पदार्थ सेवन गरेर हल्ला गरेपछि उनलाई पक्राउ गरिएको हो । नेता बानियाँ अनाधिकृतरुपमा मतगणनास्थलमा प्रवेश गरी हो–हल्ला गरेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

‘मापसे गरी अनाधिकृतरुपमा मतगणना स्थलमा पुगेर होहल्ला गरेपछि हामीले पक्राउ गर्‍यौं’ मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले भने ।

बानियाँ अहिले थुनामा छन् । उनीविरुद्ध मद्धा चल्नसक्ने एसपी गुरुङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर